+
+
आईसीसी विश्वकप लिग- २ :

नेपालको टोलीमा २ परिवर्तन, करण केसी बेन्चमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ५ गते ८:५६
फाइल तस्वीर

५ फागुन, काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ सिरिजमा नेदरल्यान्ड्ससँग दुई परिवर्तन गरेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङको निर्णय लिएका छन् ।

दुई परिवर्तन गरेको छ । दीपेन्द्रसिंह ऐरी र देव खनाल आज टोलीमा खेल्दैछन् । पवन सरार्फ र करण केसीलाई बेन्चमा राखेको छ । दीपेन्द्र पवनको स्थानमा आएका हुन् । त्यो स्वभाविक परिवर्तन थियो । तर, तीव्र गतिका बलर करणको परिवर्तन भने सरप्राइज छ । तीव्र गतिका बलरलाई बेन्चमा राख्दा देव खनाललाई मौका दिएको छ । देव कहाँ खेल्ने टुङ्गो लाग्न बाँकी छ ।

आज तीव्र गतिका बलरमा सोमपाल कामी र गुलशन झा हुनेछन् ।  तेस्रो नम्बरमा पछिल्लो पटक अनिल साह खेलेका थिए । त्यसैले देव छैटौं नम्बरमा खेल्ने सम्भावना छ ।

नेदरल्यान्ड्सले तेजा निडामिनुरु, रोलेफ भान डर मर्वे, विक्रमजित सिंह र ओलिभर एलेनबासलाई बेन्चमा राखेको छ । तेजा र विक्रजित नेदरल्यान्ड्सका प्रमुख ब्याटर हुन् ।

नेपालको प्लेइङ ११

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, अनिलकुमार साह, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, ललित राजवंशी र देव खनाल ।

नेदरल्यान्ड्सको प्लेइङ ११

म्याक्स ओडाउड, नोआह क्रस, शरिज अहमद, आर्यन दत्त, स्कट एडवार्ड्स (कप्तान तथा विकेटकिपर), माइकल लेभिट, भिभियन किंग्मा, वेस्ली ब्यारेसी, स्याब्रान्ड एंगेलब्रेक्ट, बास डि लिडे र क्याइल केलिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?