+
+

नेदरल्याण्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते ११:४५

१६ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले पहिलो सफलता पाएको छ ।

२.१ ओभरमा करण केसीलाई नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनले ४ रन बनाएका म्याक्स ओडाउडलाई दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए ।

ओडाउड आउट हुँदा नेदरल्याण्ड्सको स्कोर १५ रन छ ।

त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

ललित राजवंशी र प्रजिश जिसी नेपालको प्लेइङ ११ मा छन् । अभिनाश बोहरा र विवेक यादव बेञ्चमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?