+
+

पहिलो ओभरमै करण केसीले लिए नेदरल्याण्ड्सको २ विकेट

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते ११:४४

१९ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले पहिलो ओभरमै २ सफलता हात पारेको छ ।

टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले पहिलो ओभरमै नेदरल्याण्ड्सको २ विकेट लिएको छ ।

करण केसीले पहिलो ओभरको चौथो र अन्तिम बलमा विकेट लिएका हुन् । चौथो बलमा माइकल लेभिटलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गरेका उनले अन्तिम बलमा स्याब्रान्डालाई आसिफ सेखबाट क्याच आउट गराएका हुन् ।

यसअघिको खेलमा नेपाललले नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो । यो खेल जितेमा सिरिजको फाइनल प्रवेशका लागि नेपाललाई सहज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?