+
+

मिस वर्ल्डमा सहभागी हुन दिल्ली लागिन् मिस नेपाल प्रियंकारानी जोशी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १४:३१

काठमाडौं । ७१ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशी आइतबार दिल्लीतर्फ प्रस्थान गरेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा द हिडन ट्रेजरका पदाधिकारीले राष्ट्रिय झण्डा प्रदान गर्दै बिदाई गरे ।

यस वर्षको मिस वर्ल्ड फेब्रुअरी १८ देखि मार्च ९ सम्म भारतमा आयोजना हुँदैछ । उद्घाटन समारोह दिल्ली र फिनाले समारोह मुम्बईमा आयोजना हुने जनाइएको छ ।

विभिन्न मुलुकका प्रतिस्पर्धी सुन्दरी दिल्ली पुग्ने क्रम जारी छ । आइतबार समारोहस्थल पुग्नुपर्ने अन्तिम मिति भनिएको छ । प्रियंकालाई काठमाडौं विमानस्थलमा हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकार लगायतले बिदाई गरेका हुन् ।

यसअघि दुईपटक घोषित मितिमा हुन नसकेको मिस वर्ल्डको पछिल्लो संस्करण अन्ततः भारतमा हुन लागेको हो । दिल्लीतर्फ प्रस्थान गर्दै प्रियंकाले आफू नेपालीको माया र उत्साह बोकेर भारत जान लागेको बताइन् ।

मिस वर्ल्ड प्रतिस्पर्धा एक महिनासम्म भारतमा चल्नेछ । फिनालेअघि विभिन्न सहविधाको प्रतिस्पर्धा हुनेछ । यसपटक नेपालको प्रतिनिधित्व गर्न लागेकी प्रियंकाले ब्युटी विथ पर्पस विधामा चितवनको दुर्गम इच्छाकामना गाउँपालिकास्थित अपरदाङगढीमा विद्युत प्रसारणको पहुँचदेखि उद्यमशीलताको प्रोजेक्ट प्रस्तुत गर्दैछिन् ।

फिनाले चाहिं मार्च ९ मा मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?