+
+

जनमतले गर्‍यो मधेश प्रदेशसभा बैठक अवरुद्ध, १० मिनेटका लागि बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १५:३५

६ फागुन, जनकपुरधाम । माघ ८ गते सप्तरीको राजविराजमा मधेश कृषि विश्व विद्यालयको शिलान्यास कार्यक्रममा क्याबिनेट मन्त्रसहित सांसदमाथि भएको घटनाको जवाफ मुख्यमन्त्रीले दिनु पर्ने माग गर्दै जनमतले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन बोलाइएको बैठकको सरुमै जनमतका प्रमुख सचेक चन्दन सिंहले जवाफ माग गर्दै बैठक चल्न नदिने बताए।

मधेश कृषि विश्व विद्यालयको भवन जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री सरोज कुमार यादवले शिलान्यास गरिरहँदा जनमत संसदीय दलका नेता समेत रहेका तत्कालीन शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादव लगायत ३ सांसद प्रहरीको बल प्रयोगबाट घाइते भएका थिए ।

बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटको लागि बैठक स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?