 
																			काठमाडौं । स्पष्ट नीतिको अभावले गृह श्रमिकको पहिचान र श्रम मूल्यमा समस्या भइरहेको सरोकारवालाले बताएका छन् ।
विश्व सामाजिक मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले गृह श्रमिकको पहिचान र उनीहरुले उत्पादन गरेका वस्तुको उपयुक्त मूल्य पाइने वातावरणका लागि नीति बनाउनुपर्नेमा जोड दिए ।
श्रम तथा सामाजिक अध्ययन केन्द्रकी सचिव गोमा पाण्डेले आ–आफ्नै घरमा बसेर, सिलाई, बुनाई, इम्ब्रोइडरीलगायतका सीपमूलक काममार्फत आयआर्जन गर्ने गृह श्रमिकले उत्पादन गरेका वस्तुको बजारमा उचित मूल्य दिलाउने वातावरण राज्यले सहयोग गर्नुपर्ने बताइन् ।
‘गृह श्रममा संलग्न श्रमिकको पहिचान, सम्मान गर्ने नीति ल्याए श्रमकै लागि विदेशिनुपर्ने बाध्यता र बेराजगारी कम गर्न मद्दत मिल्नेछ,’ उनले भनिन् ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का परियोजना व्यवस्थापक बन्दना अर्यालले आईलएलओ अभिसन्धिको १७७ नम्बरको बुँदाले गृह श्रमिकको हकहितबारे व्याख्या गरेको उल्लेख गर्दै यसको अनुमोदनका लागि गृह श्रमिकसँग सम्बन्धित संघसंस्थाले जोड दिनुपर्ने बताइन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4