+
+

कला सेरेङको कविता तथा गीति संग्रह ‘कलाका अन्तर्मन’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते १६:३८

काठमाडौं । कवि तथा गीतकार कला सेरेङको कविता तथा गीति संग्रह ‘कलाका अन्तर्मन’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले कृति सार्वजनिक गरे ।

दुई दशकदेखि कर्मथलो हङकङमा बस्दै आएकी सेरेङको यो पहिलो कृति हो । पुस्तकभित्र ११५ शीर्षकका गीत तथा कविता छन् । उनले परदेशमा रहँदा घरदेशको सम्झनालाई विषयवस्तु बनाएकी छन् ।

नेपालको वनपाखा, गाउँघर, सर्वोच्च शिखर सगरमाथा, बाबुआमा, पुर्खाले सिंचेको मातृभूमिप्रतिको माया, मायाप्रीतिका शब्द उनिएका छन् ।

पुस्तकबारे बोल्दै कुलपति राईले सेरेङको कविताबाट ऊर्जा मिल्ने बताए । कला, साहित्यले देशमा परिवर्तन ल्याउन सक्ने भन्दै उनले कविताले मानिसलाई रुवाउन र हँसाउन सक्ने बताए । कार्यक्रममा कवि तथा लेखिका कला सेरेङले आफ्नो अनुभव र भोगाइलाई पस्किन खोजेको बताइन् ।

कविताले नेपाली साहित्य क्षेत्रमा एउटा इँटा थप्ने काम गरेको भन्दै उनले साहित्यलाई निरन्तरता दिने बताइन् । डायस्पोरामा रहेर मातृभूमि नेपालको मायाले गर्दा मनका भावना साहित्यमा उतारेको उनको भनाइ छ ।

विनोद चोङबाङले संयोजन गरेको पुस्तकमा डा. दिलकुमार हाङसुरुङ लिम्बू र नरेन नुगो लिम्बूले भूमिका लेखेका छन् । प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धनप्रसाद सुवेदीले कला साहित्यमार्फत मानिसका भोगाइ र विम्ब प्रस्फुटन हुने बताए ।

सेरेङको ‘अतीतका यादहरू’ गीति भिडियोमा बीबी अनुरागीले संगीत दिएका छन् भने गायिका अञ्जु पन्तको स्वर छ । भिडियोमा ओखलढुंगाको लिखु गाउँपालिका–९ पोकली वाच्पुको ग्रामीण जनजीवन समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?