+
+

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते ८:५०

८ फागुन,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

फागुन १० गते बिहीबारका लागि बैठक बोलाइएको छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने तय भएको छ ।

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको जसपाले जनाएको छ ।

बैठकमा केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा पनि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?