+
+

धमाधम ‘वर्ल्ड टुर’को घोषणा गर्दै ब्याण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १२:४६

काठमाडौं । सन् २०२४ सुरु भएसँगै चर्चित नेपाली सांगीतिक समूह र गायकले ‘वर्ल्ड टुर’को घोषणा गर्न थालेका छन् । कन्सर्टको लाइनअप हेर्दा नेपाली डायस्पोरा यो वर्ष संगीतमय हुने देखिएको छ ।

नेपाली रक ब्याण्ड १९७४ एडीले स्थापनाको ३० औं वर्षगाँठ मनाउन आगामी मे महिनामा अमेरिका टुरको घोषणा गरेको छ । रोचक के छ भने दुई दशकपछि मूल लाइनअपलाई लिएर यो ब्यान्ड अमेरिका जान लागेको हो ।

लिड भोकलिस्ट एड्रियन प्रधानसँगै सञ्जय श्रेष्ठ, मनोज केसी, मनोज सिंह, फिरोज स्याङ्देन, निराकार याक्थुम्बा र भानु अहमद लाइनअपमा छन् । ब्याण्डले सामाजिक सञ्जालबाट मूल सदस्यको फोटोसँगै अमेरिका टुरको घोषणा गरेको छ ।

सविन राई एण्ड फारोह ब्याण्डले पनि वर्ल्ड टुर २०२४ को घोषणा गरेको छ । यो ब्याण्डले फेब्रुअरीदेखि अक्टोबरसम्मकै टुर तालिका सार्वजनिक गरेको छ । जसअनुसार यो ब्याण्डको पहिलो प्रस्तुति फेब्रुअरी १० मा दक्षिण कोरियाबाट भएको छ । यो महिना नेपालमा पनि लाइनअप छ ।

जुन र जुलाईमा क्यानडाका आठ सहर, मार्चमा नेपाल, मार्च मध्यमा अष्ट्रेलिया टुर, अक्टोबरमा बेलायत, अप्रिलमा नेपालसहित केही मुलुक, अप्रिल र मेमा युरोप टुर घोषणा भएको छ । थप टुरको घोषणा हुने ब्याण्डले उल्लेख गरेको छ ।

यसवर्ष गायक राजेशपायल राईको वर्ल्ड टुर सुरु भइसकेको छ । फेब्रुअरी १० मा दक्षिण कोरियादेखि सुरु भएको उनको टुर अप्रिल १९ सम्म तय छ । फेब्रुअरीमै हङकङ र कतार, अप्रिलमा साइप्रस र मकाउ, मेमा ओमान र कुर्दिस्तानमा अप्रिलमा लाइनअप छ ।

लोकप्रिय ब्याण्ड ‘कबवेभ’ले सन् २०२४ मा केही मुलुकमा टुरको घोषणा गरेको छ, जसमा बेल्जियम, डेनमार्क, फिनल्याण्ड, फ्रान्स र पोर्चुगल छन् । अन्य मुलुक भने घोषणा हुने जनाइएको छ ।

फेब्रुअरीमा कबवेभ र अल्बाट्रसले अष्ट्रेलिया टुर गर्दैछन् । सुशान्त केसी र उनको ब्याण्डले ‘उडी उडी वर्ल्ड टुर’को घोषणा गरेको छ । उनको पहिलो प्रस्तुति मार्च ३ मा यूएईको दुबईमा हुनेछ ।

आशिष राना लाउरेले फेब्रुअरी ११ देखि २४ सम्म नेपाल टुर गरिरहेका छन् । अर्का र्‍यापर महेश दोङ र भिटेनले पनि यसवर्ष वर्ल्ड टुर गर्दैछन् । भिटेनले केही महिनाअघि अमेरिका टुर सम्पन्न गरेका थिए । विदेशमा नेपालीको जनसंख्या बढेसँगै सांगीतिक कार्यक्रम पनि धमाधम हुन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?