+
+

सरकारको एजेण्डा एमालेको विरोधमात्रै हो : ओली

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १४:३०

८ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको मुख्य काम एमालेको विरोध गर्नु रहेको टिप्पणी गरेका छन् ।

मंगलबार पार्टी मुख्यालय च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले सरकारले एमालेको विरोध गर्ने काममात्र गरेको जिकिर गरे ।

‘यस गठबन्धनको एजेन्डा एउटा मात्रै हो–एमालेको विरोध, विकासको एजेण्डा छैन, सुशासनको एजेण्डा छैन । भ्रष्टाचार रोक्ने एजेण्डा छैन । किसानका समस्या, मजदुरको समस्या अथवा सामाजिक जीवनका अन्य तहतप्काका समस्याहरु समाधान गर्ने कुनै योजना छैन’, ओलीले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैंले एक वर्षमा केही गर्न नसकेको र अब सप्रिन्छु भन्ने निष्कर्ष सुनाएको भन्दै ओलीले यसै भनाइबाट पनि सरकार असफल भएको पुष्टि हुने दाबी गरे ।

‘मैले त एक वर्षको समीक्षा प्रधानमन्त्रीले गरिरहँदा जम्माजम्मी एउटा निष्कर्ष सुनेँ–केही गर्न सकिएन । अब सप्रिन्छु, अब गर्न कोशिस गर्छु, सप्रिन्छु आदि’, उनले भने, ‘…सरकार असफल भएको छ । यस सरकारको असफलताले गर्दा देश गरिवीतिर जाँदो छ । अराजकतातिर जाँदो छ ।’

सरकारसँग सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र नागरिकको समस्या समाधान गर्ने कुनै योजना नभएको पनि ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?