+

कञ्चनपुरले जित्यो नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि

२०८० फागुन  ८ गते १८:२६ २०८० फागुन ८ गते १८:२६
कञ्चनपुरले जित्यो नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि

८ फागुन, काठमाडौं । नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा भएको नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि कञ्चनपुरले जितेको छ ।

मंगलबार कोहलपुरमा भएको फाइनलमा कञ्चनपुरले बर्दियालाई ८० रनले पराजित गर्दै उपाधि जितेको हो ।

पहिले ब्याटिङ गरेको कञ्चनपुरले ३ विकेटको क्षतिमा २१७ रनको बनाएको थियो । कञ्चनपुरका लागि दुर्गादत्त पौडेलले १०६ रन बनाए ।

जवाफमा बर्दियाले ४ विकेटको क्षतिमा १३७ रन बनाएको थियो । खेलमा १०६ रन बनाएका कञ्चनपुरका दुर्गा दत्त पौडेल प्लेयर अफ द म्याच भएका छन् ।

यस्तै ३१२ रन बनाउँदै ४ विकेट पनि लिएका पदमकहादुर बडैला प्लेअर अफ दि सिरिज घोषित भएका छन् ।

कोहलपुर नगरपालिका कार्यवाहक प्रमुख लालबहादुर रानाले विजेता तथा उपविजेता खेलाडीलाई शिल्ड, मेडल तथा नगद पुरस्कार वितरण गर्दै आगामी नगरपालिकाको बजेट तथा कार्यक्रममा अपाङ्गता खेलकुदलाई बजेट विनियोजन गर्ने प्रतिवद्धता समेत गरेका छन् ।

नेत्रहीन क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय