+
+

कोशीमा सरकार र पहिचान पक्षधरबीच ३ बुँदे सहमति

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते २२:०५

९ फागुन, विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश १ पुनः नामकरण संघर्ष समितिबीच बुधबार वार्ता भएको छ । विराटनगरस्थित होटल इस्टर्न स्टारमा बुधबार भएको दोस्रो बार्तामा दुई पक्षबीच विभिन्न तीन बुँदामा सहमति भएको छ ।

गत २६ माघमा भएको वार्तामा सरकार र आन्दोलनरत पक्षबीच पाँच बुँदे सहमति भएको थियो । बुधबार पुनः नामाङ्कनको प्रक्रियालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक्ष दुवैले ठोस कसरत गरेर आगामी वार्तासम्ममा पहल गर्ने सहमति भएको छ ।

त्यस्तै आन्दोलनको क्रममा पहिचान पक्षधर नेताहरुमाथि लागेका मुद्दा फिर्ता लिन पहल गर्ने सहमति पनि भएको छ । अदालतमा विचाराधीन मुद्दाहरुको विवरण र घाइतेहरुको उपचार खर्चको विवरण संकलन गरी पेस गर्न सरकार पक्षबाट २ जना र आन्दोलनरत पक्षबाट २ जना रहने गरी एक कार्यदल गठन गरिएको छ ।

आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने सहमति पनि भएको नेताहरुले बताएका छन् ।

१७ फागुन २०७९ मा प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि विभिन्न राजनीतिक दल र सामाजिक संघसंस्थाहरुले पहिचानको आधारमा पुन: नामकरण गर्नुपर्ने माग गर्दै आन्दोलन गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?