+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेपालको अर्थ व्यवस्था १०–१२ जनाको हातमा छ : चन्द्र भण्डारी

‘हाम्रो गलत आर्थिक नीतिले गर्दा अर्थव्यवस्था सीमित व्यक्तिको हातमा गयो । सायद दुनियामा कतैपनि यस्तो देखिएको छैन’ सांसद भण्डारीले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १२:५२

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालको अर्थव्यवस्था १०–१२ जनाको हातमा रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले नेपालको आर्थिक नीति गलत भएको बताएका हुन् ।

‘हामीले बहुदलीय व्यवस्था प्राप्त गरेको ३४ वर्ष भयो । तर आर्थिक रुपमा यो संसदमा बारम्बार प्रश्न उठिरहेको छ– किन १०÷१२ जनाको हातमा अर्थ व्यवस्था गयो ?’ भण्डारीले प्रश्न गरे ।

अर्थतन्त्रका एक भन्दा बढी क्षेत्रमा एकै व्यक्तिको स्वामित्व रहेको भन्दै भण्डारीले यो गलत भएको बताए । ‘उसैको हातमा बैंक छ, उसैको हातमा उद्योग छ, उसैको हातमा बीमा छ, उसैको हातमा जलस्रोतको लाइसेन्स छ । उसैको हातमा हस्पिटल छ, उसैको हातमा स्कुल छ, उसैको हातमा जमिन खन्ने लाइसेन्छ छ’ सांसद भण्डारीले भने, ‘अब यो देश कसरी बन्छ ?’

गलत आर्थिक नीतिको कारण अर्थव्यवस्था सीमित व्यक्तिको हातमा पर्न गएको भन्दै उनले यस्तो व्यवस्था अन्य मुलुकमा नभएको दाबी गरे ।

नेपालले सुरु गरेका विकास आयोजनाहरु कहिल्यै समयमै सम्पन्न नभएको भ्न्दै उनले मेलम्ची आयोजना र सडक आयोजनाहरु समयमा पूरा नहुँदा पनि कसैलाई कारबाही नभएको बताए ।

विगतमा कांग्रेस नेतृत्वकै सरकारले निजीकरण सुरु गरेको स्मरण गर्दै उनले भने, ‘त्यो निजीकरण उद्योग सञ्चालमा गरेका थियौं । बाँसबारीको जग्गा बेच्नका निम्ति गरेका थिएनौं ।’

भृकुटी कारखाना, हेटौंडा कपडा उद्योग, जुट मिल सञ्चालनका लागि ती उद्योगलाई निजीकरण गरिएको भन्दै सांसद भण्डारीले भने, ‘आज यी सबै लथालिंग भएका छन् । त्यो उद्योगहरु भताभुङ्ग भएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?