+
+

एमाले कैलालीको नेतृत्व चयन गर्न मतदान जारी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते ९:०९

११ फागुन, धनगढी । नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि छैटौं दिन शुक्रबार मतदान सुरू भएको छ ।

सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा केहीबेर अघि मतदान सुरू भएको हो । मतदान दिउँसो १ बजेसम्म चल्नेछ ।

एमालेको नेतृत्वका लागि कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगाना प्यानलसहित प्रतिस्पर्धामा छन् ।

अध्यक्षका प्रत्यासी डेजी पाण्डेले पहिलो मत खसालेका हुन् । यो निर्वाचनमा पाँच सय ९१ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

६ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोडाघोडीको सुखडमा नवौँ अधिवेशनको उदघाटन गरेका थिए । ओलीले नेतृत्वमा सहमति नजुटे भोलिपल्टै निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए तर मंगलबार मात्र प्रक्रिया थालेको निर्वाचन कमिटीले प्राविधिक समस्या देखाउँदै निर्वाचन कार्यक्रम सार्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?