+
+

लिग २ क्रिकेटमा नामिबियाको तेस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १७:३१

११ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नामिबियाले तेस्रो जित हात पारेको छ ।

यसअघि दुवै खेलमा नेपाललाई हराएको नामिबियाले त्रिवि मैदान कीर्तिपुरमा आज शुक्रबार भएको खेलमा नेदरल्याण्ड्सलाई २४ रनको अन्तरले हराएको हो ।

जितका लागि ४५ ओभरमा २०४ रन बनाउनु पर्ने लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४३.५ ‌ओभरमा १७९ रनमा अल आउट भए ।

नेदरल्याण्ड्सका नोहा क्रोशले नट आउट ४६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । म्याक्स ओडउड ४१ रनमा आउट भए । नामिबियाका जेर्हाड इरास्मुस र जान फ्राइलिंकले समान ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया ४१.३ ओभरमा २०३ रनमा अलआउट भयो । बिहीबारको वर्षाले मैदान चिसो हुँदा यो खेल ढिला सुरु भएकाले ४५ ओभरमा घटाइएको थियो ।

लिग २ को पहिलो त्रिकोणात्मक शृखंलाका ३ खेल जितेर नामिबिया ६ अंकसहित शीर्ष स्थानमा छ । घरेलु टोली नेपाल र नेदरल्याण्डसको समान २ अंक छ । यी दुई टोलीबीच आइतबार शृंखलाको अन्तिम खेल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?