१३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध टस हारेको नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले ३ विकेट गुमाइसकेको छ । ओपनर आसिफ शेख १७ रनमा, अनिल साह ७ रनमा र कुशल मल्ल २ रन मा आउट भएका छन् ।
यो समाचार तयार पार्दासम्म क्रिजमा कप्तान रोहित पौडेल र अर्का ओपनर कुशल भुर्तेल छन् । भुर्तेल ३६ रनमा र रोहित ७ रन खेलिरहेका छन् । १७ ओभरमा ३ विकेट गुमाएर नेपालले ७३ रन बनाएको छ ।
नेपाली टिममा आज दुई परिवर्तन गरिएको छ । देव खनाल र सोमपाल कामीको स्थानमा आरिफ शेख र गुल्सन झा पहिलो रोजाइमा खेलिरहेका छन् ।
नेपाल र नेदरल्याण्डविरुद्धको खेल हेर्न कीर्तिपुर मैदानमा समर्थकहरुको भीड छ ।
प्रतिक्रिया 4