+
+

चलचित्र संस्थानको २७ रोपनी जग्गा खोजी गर सरकार : करिश्मा मानन्धर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १७:३२
फाइल तस्वीर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले नेपाल चलचित्र संस्थानको २७ रोपनी जग्गाको खोजी गर्न सरकारलाई आग्रह गरेकी छन् । उनले उक्त जग्गा भाडामा दिने सरकारको निर्णयलाई प्रश्न गर्दै तुरुन्तै राज्यले चासो राखेर कारवाही गर्नुपर्ने उल्लेख गरेकी छन् ।

उनले यसविरुद्ध अदालत जाने चेतावनी समेत दिएकी छन् । आइतबार फेसबुकमा दुई स्टाटस लेख्दै उनले लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा मुद्दा बनिरहेको यो विषयमा टिप्पणी गरेकी हुन् ।

पहिलो स्टाटसमा उनी लेख्छिन्, ‘नेपाली चलचित्र संस्थाको २७ रोपनी जग्गा कहाँ गयो ? बालाजु औद्योगिक क्षेत्र ?’

दोस्रो स्टाटसमा उनी लेख्छिन्, ‘रोयल नेपाल फिल्म डेभलपमेन्ट बोर्ड । गरेको रहेछ त । आजको दिन पनि त्यो भवन उत्कृष्ट छ । किन लिजमा दिएको ? फेरि अरुलाई किन लिजमा दिएको ? तुरुन्तै राज्यले चासो राखेर कारवाही गरोस् । त्यहाँ हाम्रो सम्पत्ति छ । ‘बाबुसाहेब’को ‘बसन्ती’को रिल छ । अदालतमा जान नपरोस् ।’

२०४८ सालपछि उक्त जग्गा सरकारले चलचित्र विकास कम्पनीलाई लिजमा दिएको थियो । सरकारले २७ रोपनी जग्गा उपलब्ध गराएपनि अहिले ६.७५ रोपनी क्षेत्रफलमा जग्गा खुम्चिएको छ ।

हराएको २० रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा दर्ता भएको भन्दै पछिल्लो वर्ष कम्पनी विवादमा मुछिएको छ । चलचित्र विकास कम्पनी निजीकरण भएको पहिलो सरकारी संस्थान थियो ।

तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारी जग्गालाई व्यक्तिगत बनाउनेलार्ई पानीमुनि गएर कारवाही गर्ने बताएका थिए । चलचित्र विकास कम्पनीको भवन र जग्गालाई अहिले गोपीकृष्ण मुभिज र केही फिल्म कलेजले उपभोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?