+
+

रुस पठाइदिने भन्दै रकम ठगी गरेकाे आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १९:३५

१३ फागुन, काठमाडौं । रोजगारीका लागि रुस पठाइदिने भन्दै रकम लिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ हलेसी घर भई काठमाडौं नागार्जुन नगरपालिका–१ बस्ने सयन्द्र राई र ललितपुर २६ का सविनकुमार राई छन् । उनीहरूले स्थानीय शेरबहादुर तुम्बापोलाई रुस पठाइदिने भन्दै ६ लाख ५० हजार रकम लिएको प्रहरीले जनाएको छ ।

तुम्बापोलाई रसियाको प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र त्यहाँ ३ लाख ५० हजार रुपैयाँ तलब हुने प्रलोभवन देखाउँदै उनीहरूले ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सयन्द्रलाई फागुन १० र सविनलाई ११ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?