+
+

१५ दिनमा ५ दिन प्रतिनिधि सभाको बैठक चलाउने कार्यतालिका तय

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते ११:०३

१३ फागुन, काठमाडौं । फागुन १५ देखि ३० गते सम्मको संसदीय क्यालेन्डर तय भएको छ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको कार्यतालका अनुसार फागुन महिनाको बाँकी १५ दिनमा ५ दिन मात्रै बैठक बस्नेछन् ।

सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ । त्यसपछि फागुन १८ गते, २१ गते, २२ गते, २३ गते र ३० गते बैठक राख्ने गरी कार्यतालिका तय भएको हो । सोमबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत हुनेछ ।

१८ गते सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत, भन्सार विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत, राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक माथि समितिको प्रतिवेदन सहित छलफल र पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत र अन्य विधायिकी कार्य राखिएको छ ।

२१ गते राजनीतिक दल सम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत र अन्य विधायिकी कार्य, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव वाहेक) माथि दलीय आधारमा छलफल प्रारम्भ हुनेछ ।

२२ गते शून्य समय, विशेष समय, शून्यरविशेष समयमा उठेका प्रश्नको जवाफ, निर्माणमुखि सामग्री )व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफल जारी रहनेछ ।

२३ गते राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत, भन्सार विधेयक, २०८० र विद्युतीय व्यापार विधेयक, २०८० लाई समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफल जारी रहनेछ ।

३० गते राजनीतिक दल सम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० लाई समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ सम्बन्धी समितिको प्रतिवेदन सहित छलफल र पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफल जारी रहनेछ भने प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने दिनको जानकारी गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?