+
+

उपाध्यक्ष र केन्द्रीय सदस्यको बहिष्कारकै बीच एन्फाको वार्षिक बजेट पारित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १५:०७

१४ फागुन, कठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले पदाधिकारी र केन्द्रीय सदस्यको बहिष्कारकै बीच आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ ।

काठमाडौंको शंखमूलस्थित एक बैंक्वेटमा भएको साधारण सभाले चालु आर्थिक वर्ष २०८०–२०८१ को बजेट ६७ करोड ६७ लाख ६६ हजार रुपैयाँको बजेट पारित गरेको प्रवक्ता सुरेश शाहले बताए ।

यस्तै साधारण सभाले एन्फाको वार्षिक क्यालेण्डर पनि पारित गरेको छ ।

केन्द्रीय कार्यसमितिमा छलफल नै नभएका विषयलाई साधारण सभाको एजेन्डामा राखेको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १० जना केन्द्रीय सदस्यहरुले साधारणसभा बहिष्कार गरेका थिए ।

यसबारेमा पत्रकारले सोधेको प्रश्नमा शाहले दुई तिहाइ सदस्यको उपस्थितिमा साधारण सभा भएको दाबी गर्दै साधारण सभा विधान अनुसार नै भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?