+
+

स्वास्थ्य मन्त्रालयको विकृति सफा गर्न अझै २ वर्ष लाग्छ : मन्त्री बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १२:३४

१५ फागुन, काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृति सफा गर्न अझै दुई वर्ष लाग्ने बताएका छन् ।

मंगलबार मन्त्रालयमा स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रालयमा रहेका विकृति र विसंगति सफा गर्न अझै दुई वर्षको समय लाग्ने बताएका हुन् ।

उनले भने, ‘स्वास्थ्य मन्त्रालयमा अराजक छ । यो मन्त्रालयको विकृति र विसंगतिलाई राफसाफ गर्न दुई वर्ष लाग्छ । अहिले केही हदसम्म भएको छ ।’ उनले मन्त्री र मन्त्रालयको कारण कर्मचारीहरुले दुःख पाइरहेको गुनासो आएपछि मन्त्री बस्नेतले कर्मचारी र प्रशासनतन्त्रले गरेका विकृति र विसंगतिहरुबारे आफू सबैमा जानकार रहेको बताए ।

उनले चिकित्कसहरुलाई विकट क्षेत्रमा सेवा पुर्‍याउन पठाउँदा आफूमाथि पक्षपात गरेको आरोप लागेको बताए । उनले कर्मचारीहरुले भनेका मानिसहरुलाई पठाएमात्रै पक्षपात नहुने हो ? भन्दै प्रश्नसमेत गरे ।

‘यहाँ पक्षपातका कुरा उठे । कसले के पक्षपात गरेको छ । आफूले पाइ पक्ष हुने नभए पात हुने त हो नि । आफूले पाएमात्रै पक्ष हुन्छ । त्यही होइन कुरा । त्यो ८ सय चानचुनले पनि सबले पक्षपात गरे भनेर गएका छन् । तर कमसेकम दुर्गम जिल्लाका बिरामीले पनि अनुहार हेर्न पाएका छन् ।’ उनले भने ।

उनले सरुवा गर्न लाग्नुपूर्व नै शीर्ष नेतृत्वको घरमा पुगेर रोक्न लगाउने गरेको आरोप लगाए । उनले भने, ‘ आस्थाका बारेमा केही कुरा उठ्यो, मैले निर्णय गर्ने बित्तिकै सम्बन्धित पार्टीको प्रमुखमा बस्नेहरुलाई महाशाखा प्रमुखमा अझै नै राखिछोडेको छु । गफ दिनुहुन्छ । दुई वर्ष पुगेकाहरुलाई । निर्णय गर्न पाएको छैन पुगिसक्छ । पार्टी प्रमुख कहाँ ।’

उनले अस्पतालका स्वास्थ्य सामग्री टेण्डर गरेर ल्याउनुपर्छ भन्दा कर्मचारीहरुले अस्पतालमा तालाबन्दी गर्ने गरेको पनि बताए । उनले सबैभन्दा पहिला कर्मचारीतन्त्र नै सुध्रिनुपर्ने आवश्यकता रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?