+
+

भक्तराज आचार्यको उपचारमा भएको खर्चमा सरकारले सहयोग गर्छ : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १४:३२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवंगत गायक तथा संगीतकार भक्तराज आचार्यको उपचारमा भएको खर्चमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्न संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा मंगलबार बिहान पुगेका प्रधानमन्त्री प्रचण्डले उक्त प्रतिबद्धता जनाएका हुन् ।

‘उहाँको उपचारको सन्दर्भमा भएको खर्चका सम्बन्धमा र आउने दिनमा गर्नुपर्ने अन्य कामहरुको बारेमा म परिवारका अन्य सदस्यहरु जो आफैं पनि संगीत र कलाको क्षेत्रमा स्थापित हुनुहुन्छ, कुराकानी गरेर जे गर्न सकिन्छ, नेपाल सरकारको तर्फबाट त्यो सहयोग हुने विश्वास व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले भने ।

आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको उनले बताए । आचार्यले गीत-संगीतको क्षेत्रमा पुर्‍याएको योगदान अजर अमर रहने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘उहाँले गीत-संगीतको क्षेत्रमा जुन योगदान गर्नुभएको छ, त्यो अमर अजर नै रहन्छ । कालजयी नै छन् उहाँका योगदानहरु । त्यसले गीत-संगीत क्षेत्रलाई लामो समयसम्म उत्प्रेरणा दिइरहनेछ, दिशानिर्देश गर्नेछ ।’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भक्तराज आचार्यको निधनसँगै नेपाली गीत-संगीतको एउटा अध्याय समाप्त भएको बताए ।

‘भक्तराज आचार्यसँगै एउटा अध्यायको समाप्त भएको छ । सांगीतिक क्षेत्रमा अग्रपंक्तिमा नाम आउने उहाँकै थियो । नेपाली संगीतलाई दिएको योगदानप्रति उहाँलाई पनि धेरै नै सन्तोष थियो । नेपाली संगीतलाई अझै निरन्तरता दिनका लागि मैले मेरा दुई छोरा लगातार यो कर्ममा हुन्छन् भन्ने सोच्नुभएको थियो ।’

नेपाली संगीतलाई निरन्तरता दिन आचार्यले आफ्ना दुई पुत्रलाई पनि सांगीतिक क्षेत्रमै लगाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?