+
+

अख्तियारले नेतालाई चोख्याउने र कर्मचारी थुन्न सक्ने रहेछ : राजेन्द्र लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १८:०८

१५ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेताहरुलाई चोख्याउने र कर्मचारीलाई थुन्न सक्ने हैसियतमा देखिएको टिप्पणी गरेका छन् ।

अख्तियारले दिएको मुद्दामा हालै हालै ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले मन्त्रीहरुलाई सफाइ दिएको थियो भने कर्मचारीलाई दोषी ठहर गरेको थियो ।

मंगलबार अख्तियार प्रमुख प्रेमकुमार राई उपस्थित प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा अध्यक्ष लिङ्देनले अहिले कर्मचारीहरु निर्णय गर्न नै डराउन थालेको बताए ।

‘अख्तियार राजनीति क्षेत्रलाई चोख्याउने र कर्मचारीलाई थुन्ने वा तह लगाउनसम्म सक्ने देखिएको छ । यसले के आतंक सिर्जना भएको छ भने अब काम गर्दा कर्मचारी परिन्छ, नेता उम्किने कर्मचारी थुनिने भएपछि हामीले फाइल किन बढाउने भन्ने परेर झन् ठूलो नोक्सानी भएको छ’, उनले भने ।

नेता लिङ्देनले अख्तियारले राजनीतिक दलका नेतालाई कारबाही गर्न के कठिनाइ भएको छ भन्ने प्रश्न पनि गरे । ‘के सहयोग चाहियो, के भएर अख्तियार बन्धक भएर बसेको छ ?’, लिङ्देनले सोधे ।

सामान्य आँखाले देख्दा पनि छोड्नै नमिल्ने विषयमा अख्तियारले राजनीतिक दलका नेताहरुलाई उन्मुक्ति दिइरहेको आफूले पाएको उनले बताए ।

‘प्रधानमन्त्रीज्यूको कार्यकक्षमा पटक पटक भएको छलफल र निर्देशन अनुसार प्रक्रिया अगाडि बढाइएको छ भनेर टिप्पणी उठाइएको छ, अख्तियारले सिफारिस गर्दा प्रधानमन्त्रीलाई छोएको छैन’, लिङ्देनले कुन मुद्दा भन्ने किटान नगरी समिति बैठकमा भने ।

प्रधानमन्त्रीले सचिव र महानिर्देशकलाई बोलाएर दिएको निर्देशनलाई पनि नीतिगत निर्णय भनेर उन्मुक्ति दिएको हो भन्ने उनले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?