+
+

राजेन्द्र लिङ्देनको चुनौती : यो गठबन्धनले राप्रपा खोज्ने दिन नआओस्

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १५:०७

२४ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार बनाउने र भत्काउने खेलमा नरहेको बारम्बार भनिरहे पनि आफूहरुका विषयमा भ्रम फैलाइएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले राप्रपा यो गठबन्धनमा सहभागी हुन इच्छुक भए पनि सहभागी नगराइएको भनी भ्रम फैलाइएको बताएका हुन् ।

‘कतिपय साथीहरुलाई भ्रम भयो, राप्रपा पनि सरकारमा सहभागी हुन इच्छुक थियो, उसले पनि प्रयास गरेको थियो भन्ने अर्थ लगाइयो मात्र होइन, कतिपय साथीहरुले हामीले नलिने भएका छौं भन्नुभयो’, उनले भने, ‘यसलाई राप्रपाले नोटिसमा राखेको छ ।’

राप्रपा अध्यक्ष लिङ्देनले आफूहरु सत्ताकेन्द्रित चलखेलमा सामेल छैन र हुँदैन भनिसकेपछि पनि आफूहरुबारे गलत टिप्पणी गरिएको गुनासो गरे ।

‘राप्रपाले सहभागी हुन खोजेर पनि सहभागी हुन नपाएको हो भन्ने कुरा भ्रम नरहोस्, फेरि पनि भन्छु यसलाई हामीले नोटिसमा राखेका छौं । तपाईंको गठबन्धनले पर्सि नै राप्रपालाई खोज्नुपर्ने दिन नआओस् ।’

२०७९ पुस १० गते आफूहरु प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा सहभागी भएको तर केही समयमा नै प्रधानमन्त्रीले बाटो फेरेपछि अलग भएको लिङ्देनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?