+
+

जन्मदिनमा प्रियंका कार्कीले सार्वजनिक गरिन् फिल्म ‘टाँक’को पोस्टर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते २२:०६

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले जन्मदिन अवसरमा मंगलबार छोटो फिल्म ‘टाँक’को फस्टलुक पोस्टर सार्वजनिक गरेकी छन् । साम्तेन भुटिया निर्देशित यो फिल्मलाई अन्तर्राष्ट्रिय फेस्टिभलमा पठाउने तयारी छ ।

सामाजिक कथावस्तु समेटिएको यो फिल्मको पोस्टरमा प्रियंकाको ग्रामिण अवतार देख्न सकिन्छ । दुईमध्ये एक पोस्टरमा उनको लुक्स विशुद्ध ग्रामिण महिलाको देख्न सकिन्छ । अर्कोमा चाहिँ उनी चाइल्ड एक्टरसँग छिन् ।

यो फिल्मलाई आयंका फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो । छोरी आयंकाको नामबाट उनले निर्माण कम्पनीको नाम तय गरेकी छन् । उनले आफ्नो ब्यानरबाट निर्माण भएको फिल्म निर्माणमा भूमिकामा खेलेकोमा टीमलाई धन्यवाद दिएकी छन् ।

‘प्रियंकासँग काम नगरेको धेरै भएको थियो । यो सर्ट फिल्मले त्यो जुराएको छ’ भुटियाले अनलाइनखबरसँग भने । यो फिल्मको छायांकन धादिङमा भएको हो । फिल्म सुटिङका लागि यतिबेला साम्तेन काठमाडौंमा छन् ।

साम्तेनले हालै सिक्किममै एक फिचर फिल्मको निर्देशन सकेका छन् । श्यामाश्री र किरण दाहाल लगायतका कलाकार लिएर बनाइएको यो फिल्मलाई चाँडै नेपालमा रिलिज गर्ने तयारी छ । साम्तेनले कान्स फिल्म फेस्टिभलमा पिचिङ भएको अर्को एक फिचर फिल्मलाई पनि अघि बढाउँदैछन् ।

प्रियंकाको कुरा गर्दा निर्देशक सिमोस सुनुवारसँग मिलेर उनले एक फिचर फिल्म निर्माण गर्दैछिन् । यो फिल्मको छायांकन आयुष्मान देशराज जोशीले गर्ने खबर यसअघि आइसकेको छ । प्रियंका र सिमोस हिमालय रोडिजको आगामी सिजनमा पनि व्यस्त हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?