+
+

१२ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १८:०७

१६ फागुन, काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीनको संघाई घर भइ हाल भक्तपुरको ठिमी नगरपालिका–३, गठ्ठाघर बस्दै आएका २८ वर्षीया झोउ जियू रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

उनका अनुसार, झोउको साथबाट स्रोत नखुलेको १२ लाख रुपैयाँ बरामद भएको छ । उपत्यकामा गैरकानूनी रुपले राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरित हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा १४ फागुनमा खटिएको टोलीले उनलाई पक्राउ गरेको रेग्मीले बताए ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?