+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

परिसंघ र नेपाल यूएई चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबीच समझदारी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १२:३४

१६ फागुन, काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई र नेपाल यूएई चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबीच दुई देशबीच व्यावसायिक सम्बन्ध प्रवर्द्धन गर्न समझदारी भएको छ ।

बुधबार परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल यूएई चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिका अध्यक्ष पवनकुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अग्रवालले यस सहकार्यको मुख्य उद्देश्य दुवै देशबीच व्यावसायिक सम्बन्ध प्रवर्द्धन तथा लगानी सहजीकरण गर्नु रहेको बताए ।

परिसंघले विदेशी लगानीकर्ता तथा व्यवसायीहरुसँग सम्बन्ध विस्तार गर्ने उद्देश्य राखेर विभिन्न द्वि-देशीय तथा अन्तर्राष्ट्रिय चेम्बरहरुसँग सहकार्य गर्दै आएको बताउँदै उनले यो सहकार्य दुवै संस्थाले आफ्नो देशको हितमा लगानी भित्र्याउन, नेपालको निर्यातको सम्भावना बढाउन तथा नेपाल यूएई बीच व्यवसाय प्रवर्द्धन गर्न उपयुक्त हुने बताए ।

उनले आगामी लगानी सम्मेलनका लागि यूएईबाट लगानीकर्ताहरुलाई आकर्षित गर्न यो सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेपाल यूएई चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिका अध्यक्ष पवनकुमार अग्रवालले चेम्बरको उद्देश्य चेम्बरसँग जोडिएका उद्योगी व्यवसायीहरुसँग सहकार्य गरी नेपाल र यूएई बीच व्यावसायिक सम्बन्ध अभिवृद्धि गर्नु रहेको बताए ।

परिसंघसँगको सहकार्यले लगानी प्रवर्द्धन, नेपालका वस्तु तथा सेवा र्नियात प्रवर्द्धनको वातावरण बनाउनुका साथै प्रविधि हस्तान्तरणमा पनि भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।

परिसंघका उपाध्यक्ष हेम राज ढकालले नेपालमा धेरै सम्भावना भएपनि त्यसलाई पूँजीकरण गर्न नसकिएको भन्नुहुँदै त्यसका लागि नेपाललाई ठूलो लगानीको आवश्यकता रहेको बताए ।

नेपाल जस्तो मुलुकको औद्योगिक तथा व्यावसायिक वृद्धिका लागि आर्थिक लगानी मात्र नभएर प्रविधि र सीपको पनि आवश्यकता रहेकोले यूएईबाट विज्ञ ल्याउन यस सहकार्यले सहयोग गर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?