+
+

‘उपहार’को नयाँ गीतमा रेखा थापाको ग्ल्यामर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते १५:१५

काठमाडौं । रेखा थापा स्टारर फिल्म ‘उपहार : द जर्नी लाइफ’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ । विहीबार सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, अञ्जु पन्त र साइराज खातीको स्वर छ ।

गीतलाई इन्दिरा अधिकारीले लेखेकी हुन् । भिडियोमा रेखाले ग्ल्यामर छरेकी छन् । धेरैपछि दर्शकले यसमा उनको स्टाइल देख्न पाउँछन् । गीतमा उनले मुकुन भुषालसँग जोडी बाँधेकी छन् ।

समर्पणजंग कार्की र पूजा शर्मा, तेज गिरी र बेनिशा हमालको जोडी गीतमा बाँधिएको छ । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल लगायतको अभिनय छ ।

फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । विष्णुकल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र गुरुङको सम्पादन, अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?