+
+
Shares

‘एसियन हाइवे’ बनाउन काँकडभिट्टाबाट ४ हजारभन्दा बढी रुख काट्न थालियो

रासस रासस
२०८० फागुन १७ गते १९:२०
सडकको सांकेतिक तस्वीर ।

१७ फागुन, झापा । एसिया महादेशका ३२ वटा देशलाई जोड्ने गरी निर्माण भइरहेको एसियाली राजमार्गका लागि झापाको काँकडभिट्टाखण्डमा रुख कटान सुरु भएको छ ।

दुई लेन सडकलाई चार लेन बनाउने उद्देश्यसहित उक्त खण्डमा रुख कटान सुरु भएको ‘डिभिजन’ वन कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बिहीबार बिहान धुलाबारीमा पूजापाठ गरी रुख कटान सुरुआत गरेका हुन् ।

एसियन राजमार्ग निर्माणका लागि काँकडभिट्टा–सितापुरीलाई पूर्वीखण्ड र सितापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ । राईका अनुसार पूर्वी खण्डको ठेक्का प्रक्रिया पूरा भइसकेकाले काँकडभिट्टा–सितापुरीसम्मको ४५ किलोमिटर सडकका ४ हजार ७२३ रुख आजदेखि काट्न थालिएको हो ।

राईले निर्माण ठेक्का पाएको कम्पनीले २ महिनाभित्रमा काँकडभिट्टादेखि केर्खासम्मका रुख कटान गरिसक्नुपर्ने जानकारी दिए ।

रुख कटानसँगै सडक विस्तारको काम सुरु भइसकेको एसियाली विकास बैंक आयोजना कार्यालय दमकका प्रमुख सुनिलबाबु पन्तले बताए । उनले राजमार्गका उत्तर दक्षिण विभिन्न भागमा ‘साइड क्लियरेन्स’ को काम भइरहेको बताए ।

पन्तले सडक निर्माणसँगै जमिनमुनिका पानीका पाइप र बिजुलीको खम्बा हटाइने जानकारी दिए । ‘काम सुरु गर्न रुख नै बाधक थियो । रुख काट्ने अनुमति हिजो (बुधबार)आएर कटान सुरु भयो अब द्रुतगतिमा काम हुन्छ’, उनले भने ।

एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको काँकरभिट्टादेखि केर्खासम्मको सडक करिब १० अर्ब रुपैयाँ लगानीमा सक्ने गरी एभ्रासकन कालिका जेभीले ठेक्का लिएको छ ।

‘महान् एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेचीपुल निर्माणसँगै संरचना पूर्णरुपमा निर्माण भइसकेका छन् ।फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना घटाउन तथा पूर्वी नाकाबाट स्थलमार्ग हुँदै आउने पर्यटकको संख्या पनि बढ्ने अपेक्षा छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?