+
+

‘२०८३ साल चैत मसान्तभित्रै फास्ट ट्र्याकको काम सकिन्छ’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १४:२५

१८ फागुन, काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं-निजगढ फास्ट ट्रयाक निर्माणको काम २०८३ साल चैत मसान्तभित्र फास्ट ट्र्याकको काम सकिने बताएका छन् ।

आयोजनाको अपेक्षित लक्ष्य हासिल हुन नसकेको भएता पनि २०८३ साल चैत मसान्तभित्र काम सकिने उनको विश्वास छ ।

‘…भौतिक प्रगगति ३०.९६ प्रतिशत हासिल भइसकेकोले २०८३ साल चैत मसान्तभित्रै निर्माण सम्पन्न हुने कुरामा म आश्वास्त पार्न चाहन्छु’ शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भनेका छन् ।

यसअघि राष्ट्रिय सभामा सांसदहरुले फास्ट ट्र्याकको काम अपेक्षित गतिमा अगाडि बढ्न नसकेको भनी जवाफ मागेका थिए । जवाफमा उनले विविध समस्याका कारण अपेक्षित लक्ष्य हासिल गर्न नसकिएको स्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?