+
+

नेपालले एकै ओभरमा २ विकेट गुमायो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते १३:४०

१९ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेदरल्याण्डसविरुद्धको खेलमा नेपालले एकै ओभरमा २ विकेट गुमाएको छ । नेपालले तेस्रो ओभरमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखलाई गुमाएको हो ।

२.३ ओभरमा भिभिएन किग्माको बलमा क्याचआउट हुनुअघि कुशल भुर्तेलले ८ बलमा एक चौका र एक छक्कासहित १२ रन बनाएर आउट भए ।

त्यसपछि त्यसै ओभरको पाचौं बलमा आसिफ शेख बोल्ड आउट भए । जम्मा ८ बल खेलेका उनले एक चौकाको मद्दतमा ८ रन बनाए ।

उनीहरु आउट भएपछि क्रिजमा कप्तान रोहित पौडेल र गुल्सन झा आएका छन् ।

त्रिकोणात्मक सिरिजमा नेदरल्याण्डसले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?