+
+

नागरिक उन्मुक्ति नयाँ गठबन्धनप्रति सकारात्मक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते ११:१५

२१ फागुन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशका सांसदको बैठक बोलाएको छ । नयाँ राजनीतिक परिस्थितिबारे निर्णय लिन नागरिक उन्मुक्तिले सांसदहरुको बैठक बोलाएको हो ।

संघ र प्रदेशका सांसदको बैठक बसेर गठबन्धनमा जाने नजाने निर्णय लिने पार्टीका अध्यक्ष रेशम चौधरीले जानकारी गराए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर फर्कने क्रममा चौधरीले भने, ‘त्यो बैठकले निर्णय गर्छ । सत्ता गठबन्धनमा जोडिन सकारात्मक छौं ।’

अबको गठबन्धनमा सहभागी हुँदा पार्टीले उठाउँदै आएका मुद्दा सम्बोधन हुने चौधरीले विश्वास व्यक्त गरे । संघमा ४ र प्रदेश १२ जना नागरिक उन्मुक्तिका सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?