
२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा कांग्रेसका दुई मन्त्री निजी गाडीमा बूढानीलकण्ठ पुगेका छन् ।
उपसभापति एवम् रक्षामन्त्री उपसभापति पूर्णबहादुर खड्का र अर्थमन्त्री डा. प्रकाशशरण महत निजी गाडीमा देउवा निवास पुगेका हुन् ।
अर्का उपसभापति एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ भने मन्त्रीको गाडीमा बैठकमा पुगेका थिए ।
बैठकको बीचमा निस्किएका गुरुङले झण्डा छोपेर देउवा निवासबाट बाहिरिएका छन् ।
कांग्रेससँगको गठबन्धन तोडिएपछि सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका थिए । बिहान १० बजेका लागि बोलाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4