+
+

१२० प्रहरीलाई हवाई सुरक्षासम्बन्धी तालिम

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते १४:२३

२२ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा खटिने प्रहरीलाई हवाई सुरक्षा तथा खानतलासी सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरेको छ ।

कार्यालयका अनुसार पछिल्लो तीन साताको अवधिमा विमानस्थलमा कार्यरत १२० जना नेपाल प्रहरीका जनशक्तिलाई यस्तो तालिम दिएको हो ।

विमानस्थलमा सरुवा भएर आउने नयाँ प्रहरी कर्मचारीलाई सर्वसाधारणसँग गर्नुपर्ने व्यवहार, उपकरण सञ्चालन तथा खानतलासीसँग सम्बन्धित तालिम दिने गरिन्छ ।

यसअघि विमानस्थलमा खटिने प्रहरी कर्मचारीहरु खानतलासीका क्रममा गर्ने व्यवहारका कारण आलोचित समेत हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?