+
+
Shares

पशुपति क्षेत्र वरपर भोलिदेखि २७ फागुनसम्म मासु र मदिरा निषेध

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते १४:३१

२२ फागुन, काठमाडौं । शिवरात्रिमा पशुपतिनाथमा हुने मेलालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले त्यस क्षेत्रमा २३ देखि २७ फागुनसम्म मासु र मदिरा बेचबिखन र ओसारपसारमा रोक लगाएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणका क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थको ओसारपसार, बिक्री, भण्डारण र सेवनमा रोक लगाइएको हो ।

‘कोशी कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही भइजाने ब्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ’, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको सूचनामा भनिएको छ ।

हिन्दु धर्माबलम्बीले शिव भगवानको पूजा आराधना गरी मनाउने पर्व शिवरात्रि २५ फागुन शुक्रबारको दिन परेको छ । त्यस दिन पशुपति क्षेत्रमा शिवको पूजा गर्न आउनेको ठूलो भिड लाग्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?