
२२ फागुन, हेटौंडा । बाराको ३ नम्बर पुल बजारस्थित पक्की पुलबाट यात्रुबाहक बस खोलामा खस्दा घाइते हुनेको संख्या १७ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले २ जना बालबालिकासहित १७ जना घाइते भएको जनाएको छ ।
प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीकाअुनसार घाइते हुनेमा दुई बालबालिका, १२ जना महिला र ३ जना पुरुष छन् । जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।
धादिङबाट नारायणगढ हुँदै विराटनगर जाँदै गरेको ना ६ ख ९०३० नम्बरको बस मंगलबार अपरान्ह ३ नम्बर पुल बजार नपुग्दैको पक्की पुलबाट २० मिटर तल खोसामा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय अमलेखगञ्जको टोलीले घाइतेहरुको उद्दार गरी उपचारका लागि हेटौंडातर्फ पठाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4