+
+

रुसी सेनामा कार्यरत नेपालीको उद्धार माग गर्दै ज्ञापनपत्र

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते १९:४३

२२ काठमाडौं, फागुन । रुसी सेनामा कार्यरत नेपालीको उद्धार गर्न माग गर्दै उनीहरुका परिवारका सदस्यले परराष्ट्र मन्लयको कन्सुलर सेवा विभागमा ज्ञापनपत्र बुझाएका छन् ।

रुसी सेनामा हाल कार्यरतहरुको उद्धार, मृत्यु भएकाहरुको शव फिर्ता र वेपत्ता भएकाहरुको अवस्था सार्वजनिक गर्न भन्दै विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले ज्ञापनपत्र बुझाएको हो ।

पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी स‌योजक कृतु भण्डारीले हालसम्म रुसी सेनामा भएका ६१८ जना परिवारको विवरण संकलन गरिएको बताएकी छन् ।

उनका अनुसार हालसम्म मृत्यु भएका १९, घाइते ११६, वेपत्ता वा लामो समयदेखि परिवारको सम्पर्कमा नआएका २७२ र परिवारको सम्पर्कमा रहेका समेत गरी ६३० जना भन्दा बढी नेपाली युवा रुसी सेनामा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?