News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाले काठमाडौँमा शिष्टाचार भेट गरेकी छन्।
- मन्त्री खनालले पुइगिन्जालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
- भेटमा नेपाल–फ्रान्सबीच हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान र बहुपक्षीय सहकार्यबारे छलफल भएको छ।
११ कात्तिक, काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाले शिष्टाचार भेट गरेकी छन्।
मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा मन्त्री खनालले राजदूत पुइगिन्जालाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।
भेटवार्तामा नेपाल–फ्रान्सबीच आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो । सो अवसरमा हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान तथा बहुपक्षीय सहकार्यलगायतका क्षेत्रमा दुई देशबीच सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको थियो । रासस
प्रतिक्रिया 4