+
+

माधव नेपाललाई प्रचण्ड र ओलीको प्रस्ताव : अब हामी सँगै जाऔं

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते २०:५९

२२ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग झण्डै दुई घण्टा छलफल गरेका छन् ।

नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्ड सोमबार नै अध्यक्ष नेपालको निवास, कोटेश्वर पुगेका थिए । मंगलबार एमाले अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललाई समेत लिएर पुगे ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धन बनाउनु पर्नाका कारणबारे बताएका थिए । उनी र ओलीले अब सँगै जाउँ भनेर प्रस्ताव गरेका भूसालले बताए ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने नयाँ गठबन्धन गर्दा किन चार दल मात्र सहभागी भएको भन्ने प्रश्न गरेका थिए ।

‘प्रधानमन्त्रीले आफ्ना बाध्यताहरु बताउनुभयो’, महासचिव भूसालले भने, ‘सँगै जाऔं भन्ने प्रस्तावमा हामी सकारात्मक छौं । भोलि बैठक बसेर कसरी अगाडि जो भने छलफल गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?