+
+

शनिबार हुने मिस वर्ल्डको फिनालेलाई करण जोहरले होस्ट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते १३:५२

काठमाडौं । बलिउड फिल्म निर्माता करण जोहरले भारतमा जारी मिस वर्ल्डलाई होस्ट गर्ने भएका छन् । २८ वर्षपछि भारतले विश्व सुन्दरी प्रतियोगिताको यो प्रतिष्ठित पेजेन्ट आयोजना गरिरहेको छ । शनिबार मुम्बईस्थित जियो कन्भेन्सन सेन्टरमा फिनाले हुँदैछ ।

मिस वर्ल्ड अर्गनाइजेसनले होस्टको रुपमा पद्मश्री पुरस्कार विजेता फिल्ममेकरको नाम सार्वजनिक गरेको छ । यसबाहेक मिस वर्ल्ड फिनाले समारोहमा संगीत तथा नृत्य प्रस्तुति दिने कलाकारको पनि नाम सार्वजनिक गरेको छ ।

भारतीय गायक टोनी कक्करले प्रस्तुति दिने तय भएको छ । फिनालेकै लागि भनेर उनले कम्पोज गरेको गीतमा टोनीले बहिनी नेहा कक्करसँग प्रस्तुति दिने जनाइएको छ ।

करण जोहर होस्टको रुपमा देखिंदा को-होस्टको रुपमा मेगान योङ हुने भएकी छन् । सन् २०१३ की मिस वर्ल्ड विजेता समेत रहेकी अभिनेत्री तथा मोडल मेगनले करणसँगै मिलेर फिनाले होस्ट गर्दैछिन् । मेगन फिलिपिन्सको चर्चित क्राइम-ड्रामा सिरिज ‘रोयल ब्लड’की अभिनेत्री समेत हुन् ।

जारी मिस वर्ल्डमा नेपालबाट प्रियंकारानी जोशीले सहभागिता जनाएकी छन् । यसपटक नेपाल ‘हेट टु हेड च्यालेन्ज’ विधाको उत्कृष्ट २५ र ‘ब्युटी विथ अ पर्पस’ विधाको उत्कृष्ट १० मा छनोट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?