+
+

तीव्र उतारचढावपछि अन्ततः बढ्यो सेयर बजार, फाइनान्समा उच्च वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते १५:१७

२३ फागुन, काठमाडौं । बुधबार सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । सोमबार ११७ अंक बढेको बजार मंगलबार ७० अंक घटेको थियो । बुधबार तीव्र उतारचढावपछि अन्तिम २० मिनेटमा नेप्से बढ्यो । अन्ततः अघिल्लो दिनको तुलनामा ९.३३ अंक नेप्से बढेको छ ।

सो अंकको वृद्धिपछि नेप्से २०१७ अंकमा कायम भएको छ । दिउँसो १ बजे नेप्से २०३६ अंकसम्म पुगेको थियो । त्यसपछि घटेको बजार २ : ४० बजेपछि उकालो लाग्यो ।
दिनभर कुल ३ अर्ब ४५ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन ४ अर्ब ११ करोडको कारोबार भएको थियो ।

१७५ कम्पनीको मूल्य बढ्दा ६२ को घट्यो भने ११ को स्थिर रह्यो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै १.६८ प्रतिशत बढ्यो । बैंकिङ र जीवन बीमा समूह झिनो अंक क्रमशः १.१ र २.५ले झरे । विकास बैंक ५.१८, फाइनान्स ३०, होटल तथा पर्यटन ४४, हाइड्रोपावर २३, उत्पादन ५४, माइक्रोफाइनान्स २५, निर्जीवन बीमा २९, अन्य १९ र ब्यापार समूह ३६ अंक बढे ।

दोल्ती हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । स्वरोजगार लघुवित्त, जोशी हाइड्रोपावरको मूल्य ८.७ प्रतिशत बढ्यो । त्यस्तै गोर्खाज फाइनान्स र सीवाईसी लघुवित्तको मूल्य ८ प्रतिशत बढ्यो । मोलुङ हाइड्रोपावरको ९.७, गुराँस लघुवित्तको ४.५, बीपीडब्लू लघुवित्तको ३, समता लघुवित्तको २.८ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, घोराही सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?