 
																			२३ फागुन, काठमाडौं । बुधबार दिउँसो सवा एक बजे ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको बिदाइ कार्यक्रम चल्दै थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदलेर एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन बनाएर मन्त्रिपरिषद पुनर्गठन गरेसँगै बस्नेत पदमुक्त भएका थिए ।
कर्मचारीहरुले बुधबार मन्त्री बस्नेतको बिदाइ कार्यक्रम राखेका थिए । कर्मचारीहरुले बिदाइ गर्दै मायाको चिनो थमाएपछि मन्त्री बस्नेतको बोल्ने पालो आयो । उनी बोल्न मात्रै के लागेका थिए, सहयोगीले उनलाई हतार–हतार फोन थमाए । बस्नेतले मन्तव्य रोकेर फोनमा छोटो कुराकानी गरे । स्रोतका अनुसार बस्नेतलाई ५ बजे मन्त्री पदको शपथका लागि राष्ट्रपति कार्यालय शीतल निवास आउन निम्तो थियो ।
त्यसपछि मन्त्री बस्नेतले आफू विदा भएको नै बताएनन्, कर्मचारीहरुलाई धन्यवाद दिएर कामको गति अझ बढाउन निर्देशन दिए । ‘अहिलेको परिस्थितिले मन्त्रालयमा नेतृत्व फेरिने भन्दा पनि नयाँ भएर आउने हो, अहिलेलाई त्यही रुपमा बुझौं’, उनले आफू मन्त्रीमा दोहोरिने संकेत गरे ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा त्यही भयो । बुधबार दिउँसो सोमबार नै पदमुक्त भएकी सञ्चारमन्त्री रेखा शर्माले पनि बिदाइ कार्यक्रमकै क्रममा मन्त्री दोहारिने खबर सुनिन् ।
धन्वयादसहित सिंहरबारबाट बिदा भइनसक्दै मन्त्री शर्मालाई प्रधानमन्त्रीको सचिवालयका नयाँ खबर आयो, ‘५ बजे शपथग्रहण लिनका लागि तयारी गर्नुस् ।’

सिंहदरबारबाट बिदा हुने तयारीमा रहेकै बेला शर्मालाई मन्त्रीमा निरन्तरता दिने जानकारी आएको थियो । यो सँगै शर्माले सिंहदरबार छोड्नुनपर्ने पक्का भएको छ ।
उनले कुन मन्त्रालय पाउँछिन् भन्ने सार्वजनिक भएको छैन । तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शर्माले अघि बढाएका साइबर सुरक्षा, सामाजिक सञ्जाल नियमन सहित दूरसञ्चार विधेयक टुंगो लगाउने लगायतका विभिन्न कामहरु पूरा गनुपर्ने तत्काल प्रधानमन्त्रीले शर्मालाई सञ्चार मन्त्रालयमै राख्ने अनुमान छ ।
सरकारको प्रवक्ताका रुपमा समेत काम गरेकी शर्मालाई सोही भूमिकामा दोहो¥याउने अपेक्षा शर्मा निकटवर्तीहरुको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार सञ्चारमन्त्रीमा शर्मा र ऊर्जामा बस्नेत दोहोरिने लगभग पक्का छ ।
‘ती दुई मन्त्रालयमा मन्त्रीको नेमप्लेट परिवर्तन गर्नुपर्दैन,’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सुदन किराती भने नदोहोरिने पनि पक्कापक्की छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4