
२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।
बिहान साढे ८ बजे संसदीय दल कार्यसमितिको बैठक बसेपछि ९ बजे संसदीय दलको बैठक बस्ने छ । बैठक संघीय संसदको लोत्से हलमा बस्ने छ ।
संसदीय दलको बैठकमा नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियतबाट खेल्नुपर्ने भूमिका तथा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे राख्नुपर्ने विषयवस्तुबारे आफ्ना सांसदहरुलाई जानकारी गराउने बताइएको छ ।
सत्ता समीकरण बदलिएपछि कांग्रेस पनि सक्रिय भएको छ । एकीकृत समाजवादीलाई रोक्न नसके पनि केही साना दललाई नयाँ गठबन्धनमा जानबाट रोकेका देउवाले आज संसदीय दलको बैठक बोलाएका हुन् ।
देउवाको पहलमा जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनमा सामेल भएका छैनन् भने नागरिक उन्मुक्तिले पनि निर्णय गरिसकेको छैन ।
आज बस्ने संसदीय दलको बैठकले थप रणनीति तय गर्ने नेताहरूले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने बुधबार नै एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् ।
प्रतिक्रिया 4