+
+

प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते ११:०९

२४ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकलाई आज सम्बोधन गर्ने भएका छन् ।

नयाँ सत्ता समीकरण बनाएपछि प्रचण्डले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

यसअघि विपक्षमा रहेका दलहरुले कतिपय विषयमा सरकारको जवाफ मागेका थिए ।

यही फागुन १८ गतेको बैठकमा सभामुख देवराज घिमिरेले संसदमा उठेका विषयहरुमा जवाफ दिन सरकारलाई फागुन २१ गतेको दिन नै तोकेर रुलिङ गरेका थिए । फागुन २१ गते स्थगित भएको बैठक बिहीबार बस्दैछ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्रीले शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?