+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

सातौं चेम्बर एक्स्पो काठमाडौंमा सुरू

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १५:२५

२४ फागुन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौं चेम्बर एक्स्पो-२०२४ काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ ।

स्थानीय उत्पादन प्रवर्द्धन एवम् बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गरे ।

सो क्रममा मन्त्री अर्यालले अर्थतन्त्रको पछिल्लो अवस्थाप्रति सरकार संवेदनशील रहेको बताए । मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपुर्ण रहेको उनको भनाइ छ ।

एक्स्पोमा कृषि सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका वस्तु प्रदर्शनीमा राखिएको छ । घर–जग्गा, खाद्य एवम् पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निर्माण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरु समेत प्रर्दशनीमा रहेका छन् ।

एक्स्पोलाई सम्बोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक परिस्थितीकाबीच अर्थतत्त्र चलायमान एवम् व्यावसायिक गतिविधि विस्तार गर्न एक्स्पो आयोजना गरिएको बताए ।

उनले भने, ‘मुलुकको अर्थतन्त्र सुस्त ढंगले अगाडि बढिरहेको छ, लगानीको वातावरण सिर्जना हुन सकेको छैन । एक्सोबाट आर्थिक गतिविधी केही बढ्ने अपेक्षा गरेका छौं ।’

कृषि, हस्तकला लगायत स्थानीय स्तरमा उत्पादित बस्तुको बजार प्रर्वद्धन एवम साना व्यवसायीहरुको आर्थिक गतिविधी विस्तार गर्न एक्स्पो आयोजना गरिएको अध्यक्ष मल्लले बताए ।

चेम्बर अध्यक्ष मल्लले एक्स्पोमा राखिएका अन्तर्राष्ट्रिय वस्तुको फिर्ती प्रक्रियालाई सहज बनाउनुपर्नेमा समेत जोड दिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बर एक्स्पो सुरू भएको हो ।

एक्स्पोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहेका छन । आगामी सोमबारसम्म चल्ने एक्स्पोमा नेपाल, भारत, दक्षिण कोरिया, बंगलादेश पाकिस्तान लगायतका व्यापारीले सहभागिता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?