+
+

वीरगञ्जका मेयर सिंहविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १५:४१

२४ फागुन, काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध प्रहरी कहाँ किटानी जाहेरी दर्ता भएको छ ।

नागरिकता कीर्ते गरेको कसूरमा सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी दर्ता भएको डीएसपी कुमारविक्रम थापाले अनलाइनखबरसँग पुष्टि गरे । उनले भने, ‘१०-१५ दिन अगाडि नै जाहेरी आएको थियो, बिहीबार (आज) दर्ता भएको छ ।’

जाहेरीमा अन्य केहीलाई पनि प्रतिवादी बनाएर आएको भए पनि नामहरु आफूलाई यकिन नभएको उनले बताए । जनता समाजवादी पार्टीमा आबद्ध सिंह १० जेठ २०७९ मा वीरगञ्ज महानगरको मेयरमा निर्वाचित भएका थिए ।

गएको पुस अन्तिमतिर वीरगञ्जका मेयर सिंहले आफू नक्कली बाबु भनेर एक जना युवतीलाई नागरिकता बनाइदिएको सार्वजनिक भएको थियो । त्यसबेला जिल्ला प्रशासन कार्यालय, पर्साले छानबिन गर्दा ढड्डाबाट अनुसूची नै गायब भएको पाइएको अधिकृतहरु बताउँछन् ।

प्रशासनले १३ साउन २०७५ मा उनलाई  नागरिकता जारी गरेको विवरणहरु सार्वजनिक भएका थिए । यसबारे छानबिन गर्न गृह मन्त्रालयले समिति समेत बनाएको थियो । त्यसक्रममा उनले नागरिकता लिने युवती अर्की श्रीमतीबाट जन्मिएकी ‘आफ्नै छोरी’ भएको बताएका थिए ।

पछि दोस्रो श्रीमती भनिएकी महिलाले अदालतमा अंश र डिभोर्सको मुद्दा समेत दिएको अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?