+
+

मार्मा गाउँपालिकाका प्रमुख प्रशासकको सरकारी निवासमा आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते १३:०४

२५ फागुन, काठमाडौं । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा आक्रमण भएको छ । बिहीबार राति प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी सुतिरहेको समयमा अज्ञात समूहले आक्रमण गरेको हो ।

गाउँपालिका अध्यक्ष जमनसिंह धामीका अनुसार अधिकारी सुतिरहेको अवस्थामा राति करिब २ बजे एक्कासी झ्यालमा ढुंगाले हानेर आगजनी समेत गरिएको हो । घटनामा क्वार्टरमा भौतिक क्षति पुगे पनि मानवीय क्षति भएको छैन । त्यस विषयमा प्रहरी अनुसन्धान गरिरहेको अध्यक्ष धामीले बताए ।

घटनापछि प्रमुख प्रशासकीय अधिकृत अधिकारी झ्यालबाट हाम फालेर बाहिर निस्किन सफल भएका थिए । नजिकै रहेको इलाका प्रहरी कार्यालयमा पुगेर उनले ज्यान जोगाएको प्रहरी स्रोतले जनाएको छ । घटनामा संलग्नहरुको पहिचान हुन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालयको टोली समेत पुगेर घटनाबारे अनुसन्धान थालेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?