+

१३ वर्षमुनिका बालबालिकाका लागि फुटबल एकेडेमी सञ्चालन गर्दै एन्फा

२०८० फागुन  २७ गते १५:४३ २०८० फागुन २७ गते १५:४३
१३ वर्षमुनिका बालबालिकाका लागि फुटबल एकेडेमी सञ्चालन गर्दै एन्फा

२७ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एकेडेमी सञ्चालनका लागि १३ वर्षमुनिका बालबालिकाको खुला छनोट गर्ने भएको छ ।

एन्फाले २०८१ वैशाखदेखि आफ्ना एन्फा टेक्निकल सेन्टरहरुमा एकेडेमी सञ्चालन गर्न लागेको  र त्यसका लागि १३ वर्षमुनिका खेलाडी छनोट गर्न लागेको हो ।

एकेडेमीका लागि यू-१३ छात्र/छात्रा खेलाडी छनोट गर्न एन्फाले ४८ वटा जिल्ला फुटबल संघ र ७ प्रदेशका प्रदेश फुटबल संघलाई पत्राचार गरेको छ ।

जिल्ला फुटबल संघहरुमा १५ देखि २२ चैतसम्म जिल्लास्तरको छनोट हुनेछ । त्यसपछि प्रदेश फुटबल संघबाट २४ देखि ३० गतेसम्म दोस्रो चरणको प्रादेशिक छनोट हुनेछ ।

त्यसपछि एन्फाले २०८१ वैशाख ३ देखि १० गतेसम्म अन्तिम चरणको छनोट गर्ने जनाएको छ ।

एकेडेमीका लागि बालकहरु २०६६ पुस १७ देखि २०६८ पुस १६ सम्म जन्मेको हुनुपर्नेछ । बालिकाहरु भने २०६७ पुस १७ देखि २०६९ पुस १६ सम्मको जन्म मिति हुनुपर्नेछ ।

छनोटमा सहभागी हुने खेलाडीले सक्कल जन्मदर्ता प्रमाणपत्र र नाबालक परियच पत्र अनिवार्य रूपमा बुझाउनु पर्ने एन्फाले जनाएको छ ।

फुटबल खेलको विकास र विस्तार गर्न युवा विकास परियोजना अन्तर्गत एन्फाले विगतमा एकेडेमी सञ्चालन गरेको थियो । तर पछिल्लो समय भने एन्फाले एकेडेमीलाई निरन्तरता दिन सकेको थिएन ।

एन्फा फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय