+
+

फिल्म रोकिएकोबारे ‘काँडेतार’ निर्माताले दिए प्रदर्शक र निर्माता संघमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते १७:०३

काठमाडौं । निर्देशक तथा निर्माता नवल खड्काले आफ्नो फिल्म ‘काँडेतार’को प्रदर्शन रोकिएको सम्बन्धमा आइतबार चलचित्र संघ र चलचित्र निर्माता संघमा उजुरी दिएका छन् ।

दुवै संस्थाको वार्ता कार्यदललाई सम्बोधन गर्दै बुझाइएको पत्रमा दुई संस्थाबीच प्रदर्शन र निर्माणलाई लिएर विगतमा भएका सहमतिबारे प्रश्न उठाइएको छ । आफ्नो फिल्मलाई प्राइम टाइममा शो नदिएर हेपाहा प्रवृत्ति देखाइएको भन्दै खड्काले उजुरीमा के कति कारणले फिल्मलाई पाखा लगाइयो भनेर प्रश्न गरेका छन् ।

राम्रो अकुपेन्सी हुँदाहुँदै फिल्मलाई किनारा लगाउने रणनीति प्रदर्शकले लिएको भन्दै उनले निर्माताले भोगेका समस्याको संस्थागतरुपमा समाधान गर्नुपर्ने माग राखेका छन् । उनले काठमाडौं उपत्यकाका प्रदर्शकले अमर्यादित ढंगले अव्यावसायिकता प्रदर्शन गरेको आरोप पनि लगाएका छन् ।

शुक्रबार फिल्मले अपेक्षित बक्स अफिस कलेक्सन गरेपनि शनिबार शो नदिइएको उल्लेख गर्दै उनले धरानमा एक शो पनि नदिएको गुनासो गरेका छन् । एक वर्षअघि नै सेन्सर गरिएको फिल्ममाथि अर्को जुधाउन ल्याएर प्रहार गर्ने काम भएको गुनासो पनि उनको छ ।

आफ्नो निर्माण कम्पनी सामना फिल्म्स प्रालिको तर्फबाट खड्काले उजुरी दर्ता गरेका हुन् । उनी चलचित्र निर्माता संघका वर्तमान अध्यक्ष समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?