+
+

प्रचण्ड, ओली र माधव नेपालबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १०:५०

२९ फागुन, काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच मंगलबार बिहान भेटवार्ता भएको हो ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा राष्ट्रिय सभाको निर्वाचनका साथसाथै प्रधानमन्त्रीले लिने विश्वासको मतका सम्बन्धमा समेत छलफल भएको छ ।

राष्ट्रिय सभाको निर्वाचन ११ बजेर ९ मिनेटपछि बस्ने सभाको बैठकमा हुनेछ भने प्रधानमन्त्री प्रचण्डले भोलि बुधबार प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् ।

प्रधानमन्त्रीले विश्वासको मत पाए लगत्तै प्रदेश सरकार हेरफेरमा लाग्ने नयाँ गठबन्धनमा रहेका दलहरुको तयारी छ । यस सन्दर्भमा समेत शीर्ष नेताहरुबीच छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?